राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम पेश काठमाडौं। निर्वाचन आयोगले जेठ १७ गते लुम्बिनी प्रदेशमा सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। प्रतिवेदनमा उपनिर्वाचनका कार्यहरू, राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापनालगायतका विवरण समेटिएको छ। उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्