सबैखाले विभेदकारी कुप्रथाको अन्त्यमा सक्रिय बनौं: प्रदेश प्रमुख सुर्खेत।कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभेदकारी कुप्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न आह्वान गरेका छन्।‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का अवसरमा प्रदेश प्रमुख कलौनीले जातीय विभेद तथा छुवाछूतमुक्त राष्ट्रमा विभेदकारी कुप्रथा हुन नहुनेमा जोड दिएका छन्।विभेदले मुलुकको शान्ति,विकास र समृद्धिमा अवरोध पुग्ने भएकाले समाजमा विद्यमान विभेदकारी कुप्रथा अन्त्यका लागि सबै सरोकारवाला सक्रिय लाग्न उनले आह्वान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्