प्रचण्डको आह्वान, ‘छुवाछुत तथा भेदभाव अन्त्य गर्न स्थानीय तहसम्म निगरानी संयन्त्र बनाऔं’ काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्ने कार्यमा जुट्न सबैलाई आह्वान गरेका छन्। जातीय छुवाछुत उन्मुलन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “समाजवादको उपज सामाजिक कलंकका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमी आवश्यक छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्