गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका पूर्वसांसद थापाद्वारा पुनर्बहालीको माग गर्दै सर्वाेच्चमा रिट
काठमाडौं। गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै अन्तरिम आदेशबाट पुनर्बहलीको माग गरेका हुन्। थापालाई राष्ट्रिय जनमोचाले पार्टीको निर्णयविपरीत एमालेको सरकारलाई साथ दिएको भन्दै बिहीबार कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो।
प्रतिक्रिया दिनुहोस्