नागरिकता अध्यादेशविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, अर्को सुनुवाई २७ गते
काठमाडौं। नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजसालमा आज सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। सो मुद्दाको अर्को सुनुवाई जेठ २७ गते तोकिएको छ। आज प्रधान्यायधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दिपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो।
प्रतिक्रिया दिनुहोस्