जातीय भेदभाव तथा छुवाछुतको जरो वर्णाश्रम व्यवस्था : डा. भट्टराई
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जातीय भेदभाव तथा छुवाछुतको जरो वर्णाश्रम व्यवस्था भएको बताएका छन्। ट्वीटरमा लेखेका छन्,“जातीय भेदभाव तथा छुवाछुतविरूद्धको दिवस कर्मकाण्ड गरेर वा संविधान÷कानुनमा लेखेर मात्र यो मानवताविरूद्धको कलंक मेटिदो रहेनछ भन्ने सबैले आत्मसात गरौं। अन्यथा अर्थ नलागोस् यसको जरो शास्त्रको आड लिएको वर्णाश्रम व्यवस्था नै हो। शास्त्र सुधारौं! नत्र गनगन नगरौं!”
प्रतिक्रिया दिनुहोस्