प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, जसपाका मन्त्रीले सपथ लिने
काठमाडौं। जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइसकेको जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए । उनले भने- आज सपथग्रहण हुने कुरा भएको छ। हामीलाई खबर आउछ भनिएको छ।
प्रतिक्रिया दिनुहोस्