चार मन्त्रीबाहेक सवै मन्त्री हेरफेर हुँदै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासहितको मन्त्रीमण्डलमा व्यापक हेरफेर गरेका छन्। अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेक सबैजसो मन्त्री हेरफेर गर्न लागेको बुझिएको छ।वालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका १० सहित हेरफेर भएका थप मन्त्रीलाई सपथ गराउँदैछन्।यसअघि ६ बजे हुने भनिएको सपथ कार्यकम ८ बजे सरेको छ।
प्रतिक्रिया दिनुहोस्