कुन दलबाट कति उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री? काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्गठित मन्त्रीहरूमध्ये नेकपा एमालेबाट दुईजना उपप्रधानमन्त्री (विष्णु रिमाल र रघुवीर महासेठ) रहेका छन् भने छजना मन्त्रीहरू रहेका छन्। यता जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजेन्द्र महतो उपप्रधानमन्त्री भएका छन्। जसपाबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री आज थपिएका छन्। मन्त्रिमण्डलमा कृष्णगोपाल श्रेष्ठ (शिक्षा), वसन्तकुमार नेम्वाङ (यातायात) र लीलानाथ श्रेष्ठ (कानून) दोहोरिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्