सम्पत्ति सार्वजनिक गर्दै बिहानै क्वाटर छाड्दै प्रदीप ज्ञवाली काठमाडौं। परराष्ट्रमन्त्री पदबाट हटेलगत्तै प्रदीपकुमार ज्ञवालीले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। आज बिहानै पुल्चोकस्थित सरकारी निवास छोड्ने जानकारी दिँदै उनले प्रयोग गर्दै आएका सवारीसाधन र ल्यापटप(म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता दिइसकेको बताए। भनेका छन्,“मेरो खातामा७ लाख४१ हजार७७५.६० रुपैयाँ बचत रहेको र केही घरायसी सामान एवं दुईसय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल भएको छैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्