मन्त्रिपरिषद् पुनर्गठनपछि योगेश भट्टराईले भने, ‘संकेत राम्रो छैन्’ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नेता योगेश भट्टराईले संकेत राम्रो नभएको टिप्पणी गरेका छन्। शुक्रबार जनता समाजवादी पार्टी सरकारमा सहभागी भएपछि नेता भट्टराईले असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नियुक्त भएका उपप्रधानमन्त्रीले उठाउनु राम्रो संकेत नभएको टिप्पणी गरेका हुन्। उपप्रधानमन्त्रीमा नियुक्त राजेन्द्र महतोप्रति लक्षित गर्दै उनले भनेका छन्,“असान्दर्भिक बहुराष्ट्रिय राज्यको बहस नियुक्त उपप्रधानमन्त्रीले पुनः उठाएछन्। संकेत राम्रो छैन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्