कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको टिप्पणीः ‘फैसलासम्म दुई–चारदिनको घामछायाँ’ काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठनपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई–चारदिनको घामछायाँ भन्दै टिप्पणी गरेका छन्। उनले ट्वीट गर्दै समस्या प्रधानमन्त्रीमै रहेको बताउँदै ‘न मन्त्री फाल्नु समाधान हो, न पाल्नु’ भन्ने प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्, “फैसलासम्मलाई दुई–चारदिनको घामछायाँ।” शुुक्रबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। जसपा १० मन्त्रालयसहित सरकारमा सहभागी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्