नवनियुक्त पर्यटनमन्त्री अरगरियाको पहिलो निर्णयः जानकी मन्दिरलाई विश्व सम्पदामा राख्न समिति गठन काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न समिति गठन गरेका छन्। शुक्रबार पदभार ग्रहण गरेलगत्तै मन्त्री अरगरियाले जानकी मन्दिरलाई विश्व सम्पदामा राख्न पाँच सदस्यीय समिति गठन गरेका हुन्। पुरातात्वक विभागका महानिर्देशक दामोदर गौतमको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ। उक्त समितिले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न अध्ययन गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्