राष्ट्रपतिको सन्देश : स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाऔं काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रुपमा आजलाई लिएको बताएकी छिन्। विश्व वातावरण दिवसका अवसरमा आज राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै यस्तो बताएकी हुन्। सन्देशमा भनिएको छ,“प्राकृतिक स्रोतहरुको अधिक दोहनका कारण पारिस्थितिकीय प्रणालीमा असन्तुलन उत्पन्न भएको छ। त्यसलाई पुनस्र्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका लागि गतिविधिहरु प्रवद्र्धन गर्न आह्वान गर्दछु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्