समानान्तर कमिटीका जिल्ला पदाधिकारीसँग छलफल गर्दै माधव नेपाल
काठमाडौं। नेकपा एमालेबाट निष्काशनमा परेका नेता माधवकुमार नेपालले समानान्तर कमिटीका जिल्ला पदाधिकारीहरुसँग छलफल गर्दैछन्। आज बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट आफू निकट जिल्ला पदाधिकारीहरुसँग छलफल गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए। बिहीबार र शुक्रबार भने आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए। पार्टी फुटाएर अघि बढ्ने वा के गर्ने भन्नेबारे माधव पक्षभित्रै दुई धार देखिएको छ।
प्रतिक्रिया दिनुहोस्