माधव नेपालले आफ्नो पक्षको भेला बोलाए काठमाडौं। नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपालले आफ्नो पक्षका नेताहरुको भेला बोलाएका छन्। आज दिउँसो १ बजेका लागि बैठक बस्न लागिएको हो। यसअघि बिहीबार र शुक्रबार दुई दिनसम्म भर्चुअल रुपमा बैठक बसेको थियो। पूर्व केन्द्रीय सदस्यहरुले छुट्टै पार्टी खोल्ने कि के गर्ने भन्नेबारे फरक–फरक सुझाव दिएका थिए। माधव पक्षभित्र तत्कालै पार्टी खोल्न नहुने आवाज उठ्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्