एक दशकपछि राजेन्द्र महतोको सरकारमा ‘इन्ट्री’ काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको करिब १० वर्षपछि सरकारमा ‘इन्ट्री’ भएको छ। यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा महतो स्वास्थ्यमन्त्री बनेका थिए। त्यसयता उनी कुनै पनि सरकारमा सहभागी भएका थिएनन्। एक दशकपछि महतो भने पहिलोपटक उपप्रधानमन्त्रीसहित पाँचौपटक मन्त्री बनेका हुन्। उनी पहिलोपटक २०६२÷०६३को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्