किन बर्खास्त भएका थिए नवनियुक्त उर्जामन्त्री भण्डारी? काठमाडौं। जसपा नेता शरदसिंह भण्डारी एमाले नेतृत्वको सरकारमा उर्जा तथा जलश्रोत मन्त्री बनेका छन्। यसअघि मधेश टु्क्रिन सक्ने अभिव्यक्ति दिएपछि २०६८ सालमा उनी रक्षामन्त्रीबाट बर्खास्त भएका थिए। त्यतिबेला बाबुराम भट्टराई नेतृत्वको सरकार थियो। उनले एक कार्यक्रममा ‘मधेशका २२ जिल्लाले छुट्टिने निर्णय गरे कुन कानूनले मुलुकलाई बचाउँछ?’ भन्ने अभिव्यक्ति दिएका थिए। भण्डारी त्यतिबेला मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीमा आबद्ध थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्