केन्द्रमा सत्तासमीकरणको असर प्रदेश २ मा, कांग्रेस र जसपा(उपेन्द्र समूह)को सरकार बन्ने
काठमाडौं। जसपाका महन्थ पक्ष संघीय सरकारमा सहभागी भएसँगै प्रदेश २ सरकारको सत्तासमीकरणमा हेरफेर हुने भएको छ। सरकार परिवर्तन गर्नेबारे जसपाका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति बिमलेन्द्र निधिबीच शुक्रबार छलफल भएको छ। निधिले मुख्यमन्त्री कांग्रेसलाई दिनुपर्ने शर्त राखेका थिए। अध्यक्ष यादवले माओवादी केन्द्रसँग पनि अनौपचारिक छलफल अघि बढाएका छन्। प्रदेश २ सरकार जसपाकै लालबाबु राउतको नेतृत्वमा छ।
प्रतिक्रिया दिनुहोस्