माओवादी केन्द्रका अध्यक्ष दाहाल भन्छन्- चुनाव घोषणा गरेको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न मिल्दैन काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनर्गठन गरेको बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिद्वारा आज आयोजित 'राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम'को भर्चुअल उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिले मन्त्रिपरिषद पुनर्गठन अवैधानिक भएको बताए। भर्चुअल कार्यक्रममा २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्