एमाले नेता विष्ट भन्छन्- उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी छ काठमाडौं। एमालेका नेता गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताएका छन्। नेता विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ।" राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्