कांग्रेसले बीसी र श्रेष्ठलाई कर्णाली प्रदेश सरकारमा पठाउने निर्णय
सुर्खेत। कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने आफ्ना दुई सांसदको नाम टुङ्गो लगाएको छ। कांग्रेस संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए।
प्रतिक्रिया दिनुहोस्