समृद्ध नेपालको यात्रामा अविचलित रहन्छुः निवर्तमान सञ्चारमन्त्री गुरुङ
काठमाडौं। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रिमण्डल हेरफेरपछि बोल्दै निवर्तमान सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग गरिरहने बताए। मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्