नेपालनिकट १८ जनवर्गीय संगठनले भन्यो– उपप्रधानमन्त्री महतोको अभिव्यक्ति संविधानविरोधी र अराजक छ काठमाडौं। एमालेबाट निष्काषित माधव नेपालनिकट १८ जनवर्गीय संगठनले उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले 'बहुल राष्ट्र'सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। शपथ ग्रहणलगत्तै महतोले शुक्रवार दिएको अभिव्यक्ति संविधानविपरीत रहेको बताइएको छ। नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्धको अभिव्यक्ति संविधान विरोधी र अराजक रहेको शनिबार जारी विज्ञप्ति उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्