विवेकशील साझा पार्टीका संयोजक मिश्रको टिप्पणी, 'संविधान जलाउनेले बहुल राष्ट्रिय राज्यको कुरा गर्नु अचम्म होइन'
काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संविधान जलाउनेहरुले बहुल राष्ट्रिय राज्यका कुरा गर्नु आश्चर्यजनक नभएको टिप्पणी गरेका छन्। "उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले शुक्रबार पदभार ग्रहणका बेला दिएको अभिव्यक्ति अचम्मको कुरा होइन। संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख देखिन्छ," संयोजक मिश्रले बताए।
प्रतिक्रिया दिनुहोस्