बहुराष्ट्रिय राज्य बनाउन आन्दोलन स्वीकार्य नहुने, प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने : माधव-झलनाथ समूह
काठमाडौँ। उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई ‘बहुराष्ट्रिय राज्य’ बनाउनका लागि मुक्ति आन्दोलन गर्ने विषय स्वीकार्य नहुने माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले जनाएका छन्। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त समूहले यसबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै स्पष्ट पार्नुपर्ने माग पनि राखेका छन्। यस विषयमा छलफल पहिले संविधानसभामा अस्वीकृत भएको जनाउँदै समूहका १३ स्थायी किमिटीले उक्त अभिव्यक्ति संविधानविरोही ठहर्याएको छ।
प्रतिक्रिया दिनुहोस्