विपक्षी पाँच नेताले उठाए यी पाँच कुरा काठमाडौँ। विपक्षी गठबन्धनबाट शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले संयुक्त वक्तव्यमार्फत् पाँच बुँदा उठाएका छन्– १) महामारीबीच जीवनरक्षामा भ्रष्टाचारप्रति भर्त्सना, २) लामो निषेधाज्ञाबाट प्रभावित जनतालाई राहत प्याकेजका माग, ३) प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन हुँदा मन्त्रिपरिषद् पुनर्गठन निन्दनीय, ४) बजेटमार्फत् चुरेक्षेत्रबाट खानीजन्य पदार्थ निकासी निर्णय खारेजीको माग, र ५) आयोडिनयुक्त नूनमा नाफाखोरीलाई घुसाउने कार्य फिर्ताको माग।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्