महतोको खण्डन– मेरो अभिव्यक्तिलाई गलत अर्थ लगाइयो काठमाडौं।उपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाएर प्रचार गरिएको बताएका छन्।उनले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध समेत स्पष्ट पारेका छन्।नेपाल बहुलराष्ट्रिय राज्य भएको भन्ने अभिव्यक्ति विवादमा परेपछि विज्ञप्ति निकालेर उनले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम नेपाल बहुजातीय,बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृतिक विशेषतायुक्त स्वतन्त्र र अखण्ड रहेको प्रसंगलाई आफूले सबैको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्