गण्डकीका सांसद थापाको रिटमाथि आज सुनुवाइ काठमाडौं।सांसदबाट पदमुक्त भएका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। पार्टीको निर्देशनविपरीत कांग्रेस नेतृत्वमा सरकार बनाउन अहसमत भएपछि उनलाई जनमोर्चाले सांसदबाट हटाएको थियो। उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। जनमोर्चाका केन्द्रीय सदस्य थापालाई पार्टीले एक वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्