कर्णाली सरकारमा कांग्रेसका दुई मन्त्री नियुक्त
सुर्खेत। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसका तर्फबाट दुई जनालाई मन्त्री नियुक्त गरेका छन्। मुख्यमन्त्री शाहीले सुर्खेतका यज्ञबहादुर बिसीलाई सामाजिक विकास मन्त्री र जुम्लाका दिनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त दुवै जना मन्त्रीलाई आजै शपथ खुवाउने तयारी गरिएको छ। योसँगै कर्णालीको मन्त्रिपरिषद ८ सदस्यीय बनेको छ।
प्रतिक्रिया दिनुहोस्