गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
पोखरा। गण्डकी प्रदेशसभाको आइतबार राख्ने भनिएको बैठक अनिश्चित कालसम्मलाई अचानक स्थगित भएको छ। प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले अर्को सूचना नआएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको सूचनामार्फत जानकारी दिएका छन्। जेठ २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत लिने तयारी हुँदै गर्दा बैठक अचानक स्थगित भएको सूचना प्रकाशित भएको हो।
प्रतिक्रिया दिनुहोस्