निवर्तमान उपप्रधानमन्त्री पोखरेलले साढे चार लाखभन्दा बढी रकम कोरोना कोषमा जम्मा गरे
काठमाडौं। एमाले महासचिव ईश्वर पोखरेलले सरकारको उपप्रधानमन्त्री भएको बेला पाएको सात महिनाको पारिश्रामिक ४ लाख ५६ हजार ४०० कोभिड कोषमा जम्मा गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत भनेका छन्- उपप्रधानमन्त्री तथा रक्षामन्त्री भएको अवधिमा राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको छु।
प्रतिक्रिया दिनुहोस्