मन्त्रीपरिषद् पुर्नगठनविरुद्ध सर्वोच्च अदालतमा रिट दिने तयारी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार गरेको मन्त्री परिषद पुर्नगठन संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायरको तयारी भएको छ।अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार तथा कार्यविभाजन संविधानको प्रथम दृष्टिमा नै गैरसंवैधानिक भएको भन्दै रिट दायरको तयारी रहेको बताए। संविधानको धारा २,७४ र ७७(ग),७७(३) तथा ४६, १३३(२)(३) बमोजिम गैरसंवैधानिक भएको त्रिपाठीको भनाइ छ।रिटमा उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्