पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखा परेकाले यसबाट जोगाउन आह्वान गरेका छन्। उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय भएको उनले बताए। "राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले त्रास उत्पन्न भइ आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई एकताबाट परास्त गर्नु पर्छ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्