महान्यायाधिवक्ता बडालले संवैधानिक इजलासमा उठाएका तीन प्रश्न
काठमाडौं।महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेका छन्।संसद विघटनसम्बन्धी रिटहरुको संवैधानिक इजलासमा सुनुवाई भइरहेको बेला बडालले उक्त जिकिर गरेका हुन।कार्की र भट्टराई संवैधानिक इजलासमा भए संसद विघटनसम्बन्धी मुद्दाको निष्पक्ष सुनुवाई हुनेमा आफूहरुलाई आशंका लागेको बडालको भनाइ छ। "उहाँहरु इजलासमा भए यो मुद्दाको निष्पक्ष सुनुवाई हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छैन," बडालले भने।
प्रतिक्रिया दिनुहोस्