संवैधानिक इजलासमाथि पूर्वमहान्यायाधिवक्ता खरेलको प्रश्न
काठमाडौं। संवैधानिक इजालसले गत साता गरेको निर्णयमाथि पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रश्न उठाएका छन्। इजालसमा सरकारका तर्फबाट बहस गर्दै खरेलले त्यसबारे प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाले अझ प्रष्ट पार्नुपर्ने मागसमेत गरेका छन्। आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामाथि प्रश्न उठाउँदै खरेलले सोेधेका छन्, ‘उहाँहरुले अस्ति गरेको कुरा न्यायिक रूपमा के हो र कागज हो कि आदेश हो? यो पहिले प्रस्टाउनु पर्यो।’
प्रतिक्रिया दिनुहोस्