युरोपियन अभिनेतालाई बलिउडमा डेब्यु गराउँदै करण
एजेन्सी। अक्सर बलिउडमा स्टार किड्सलाई लन्च गर्नेका रुपमा चिनिएका फिल्म निर्देशक तथा निर्माता करण जोहरले युरोपियन अभिनेता माइकल मोरोनलाई हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन्। एक रिर्पोटका अनुसार इटालीमा धर्मा प्रोडक्शन र मोरोनबीच हाल बलिउड डेब्युका विषयमा कुराकानी चलिरहेको छ। गत वर्ष मोरोनले बलिउड फिल्ममा काम गर्ने इच्छा देखाएका कारण करण र उनको टिम इटालियन अभिनेतासम्म पुगेको हो।
प्रतिक्रिया दिनुहोस्