मूल्यवृद्धि नगर्न बिपक्षी गठबन्धनका ७ विद्यार्थी संगठनको चेतावनी
काठमाडौं। बिपक्षी गठबन्धनका ७ विद्यार्थी संगठनले निषेधाज्ञालाई मूल्यवृद्धिको अवसरका रुपमा नलिन चेतावनी दिएका छन्।आज वसेको संगठनको संयुक्त जुम मिटिङले ५ बुदेँ निर्णय गरेको हो।दैनिक उपभोग्य सामग्रीसहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिनु जनतामाथिको गम्भिर अपराध भएको उनीहरुले बताएका छन्।उनीहरुले खानीजन्य ढुगां गिटी बालुवा निकासी गर्ने निर्णय र झापाको बी एण्ड सी मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्नपनि माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्