नेपाल पक्षको आरोप :अध्यक्षले पार्टी विभाजनको संघारमा पुर्याए
काठमाडौं। माधव नेपाल समूहको बैठकले एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विभाजनको संघारमा पुर्याएको आरोप लगाएको छ। बैठकबाट पारित प्रस्तावमा पुनर्जिवित एमालेलाई एकताबद्ध तुल्याउने मनसायलाई महत्व नदिएको उल्लेख गरिएको छ। वार्तालाई अनेक दाउपेचका रुपमा लिएर पार्टी एकता राख्ने मनसायमा अध्यक्ष ओलीले कुठाराघात गरेको भन्दै उक्त समूहले आम एमालेका नेता तथा कार्यकर्तालाई उक्त गतिविधिविरुद्ध उभिन आह्वानसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्