राज्य पक्षले न्यायधीसमाथि प्रश्न उठाउन नपाउने पूर्वमहान्यायाधिवक्ता श्रेष्ठको भनाइ
काठमाडौं। संवैधानिक इजालसका न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउनले न्यायिक प्रक्रियाको हुर्मत लिएको आरोप लगाइएको छ। पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राज्य पक्षले न्यायधीसमाथि प्रश्न उठाउन नपाउने भन्दै रोक लगाउन माग गरेका छन्। 'राज्य पक्षले प्रश्न उठाउनु भनेको न्यायाधीशको हुर्मत लिनु हो। प्रश्नका मर्यादा हुँदैन? राज्यको काम हो प्रश्न उठाउने ?,' श्रेष्ठले भने।
प्रतिक्रिया दिनुहोस्