गण्डकी प्रदेशका सांसद थापालाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई सांसद पदमा पुनर्बहाली गर्न आदेश दिएको हो। उनको पुनर्बहालीलगत्तै गण्डकी प्रदेशको राजनीति अर्को मोडमा पुग्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्