राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि अध्यादेश जारी
काठमाडौं। भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि अध्यादेश जारी गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालय, शीतल निवासले जनाएको छ। नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि पछिल्लो समय आक्रमण बढ्न थालेपछि त्यसमा संलग्नलाई कडा कार्वाहीको प्रावधानसहित कानूनको माग बढेपछि सो अध्यादेश जारी गरिएको हो।
प्रतिक्रिया दिनुहोस्