मूल मुद्दामा प्रवेश नगरी संवैधानिक ईजलास स्थगित काठमाडौं। न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामाथि प्रश्न उठेपछि पुन: बिबादको घेरामा परेको संवैधानिक ईजलास मुल मुद्दामा प्रवेश नगरी स्थगित भएको छ। महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, बरिष्ठ अधिवक्ता सुशील पन्तलगायत सरकार पक्षका वकिलहरूले भट्टराई र कार्कीबाट न्यायिक निष्पक्षता हुन नसक्ने तर्क गरेपछि ईजलास विवादमा परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्