कृषिमन्त्री हुँदा अर्यालले गरेका ७ काम
काठमाडौं। निवर्तमान कृषिमन्त्री पद्माकुमारी अर्यालले १६० दिन कृषि मन्त्रालयमा बिताएकी छन्। उनले त्यस अवधिमा उखु किसानको आन्दोलन मत्थर, कालीमाटीमा कृषकहरुको बजार सुनिश्चित, सार्कमा पहिलोपटक देशभरीकै माटोको डिजिटल नक्सा, किसान सूचीकरण अभियान, स्वदेशमै मल कारखाना स्थापनाको पहल, चीनबाट रासायनिक मल आयातको सुरुवात, इजरायलको सहयोगमा सबै प्रदेशमा सरकारी फार्म स्थापना गर्ने निर्णय गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्