यसकारण पुनर्बहाली भए गण्डकी प्रदेशका सांसद थापा
काठमाडौं। सर्वाेच्च अदालतले गण्डकी प्रदेशको राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पुनर्बहालीको आदेश दिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्तावमा मतदान हुन नपाएको र ह्वीप पनि उल्लंघन गरेको नदेखिएपछि जनमोर्चाका सांसद थापा पुनर्बहाली भएका हुन्। थापाले संसदीय प्रणालीलाई अझै अस्वीकार नगरेको भन्दै हालेको मुद्धामा न्यायाधीश कुमार चुँडालको एकल इजलासले उनलाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस्