काउन्सिलको उद्देश्य र मर्यादालाई कायम राख्नेगरी भूमिका निर्वाह गर्नेछु : अध्यक्ष बस्नेत
काठमाडौं। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलको उद्देश्य र मर्यादालाई कायम राख्न आफ्नो भूमिका अहम रहने बताएका छन्। आइतबार काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हाल्दै बस्नेतले काउन्सिलको भूमिका अनुसारको सञ्चारमाध्यमको प्रभावकारी अनुगमनमा पहल हुने बताए। विगतमा काउन्सिलको भूमिका अनुसार काम नहुँदा प्रश्नचिन्ह उठ्ने गरेको उनको भनाई थियो।
प्रतिक्रिया दिनुहोस्