विपक्षी गठबन्धसम्बद्ध विद्यार्थी संगठनको माग : स्थगित भएको सबै तहको परीक्षा सञ्चालनको वातावरण बनाऔं
काठमाडौं। विपक्षी गठबन्धनसँग आबद्ध सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयहरुले लकडाउनका कारण स्थगित गरेको सबै तहको परीक्षा सञ्चालन गर्न माग गरेका छन्। “सार्वजनिक भएका परीक्षाहरु लकडाउनका कारण स्थगित भएका छन्। यसले विद्यार्थीको भविष्यलाई अन्यौल बनाएको छ”, विज्ञप्तिमा उल्लेख छ। आज भएको संगठनको भर्चुअल बैठकले सरोकारवालासँग छलफल गरी उचित मापदण्ड बनाएर परीक्षा सञ्चालन गर्ने वातावरण बनाउनसमेत माग गरेको हो।
प्रतिक्रिया दिनुहोस्