गण्डकी प्रदेशसभा सांसद थापालाई पुर्नबहालीको अन्तरिम आदेश दिनुको तीन कारण
काठमाडौं। गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई पुर्नबहालीका लागि सर्वोच्च अदालतले अन्तरिम आदेश दिनुको मुख्य तीन कारण देखिन्छ।थापाले ह्विप उलंघन गरेको भनेर कार्वाही गरिएको मितिमा कुनै मतदानको प्रयोजन नभएको अदालतको ठहर छ। जसले थापाप्रति सुविधाको सन्तुलनमा आकर्षित भएको निर्णयमा उल्लेख छ। यस्तै थापाको पदको काम, कर्तव्य र अधिकारमा पुग्ने अपुरणीय क्षतिलाई आधार मान्दै अदालतले थापाको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।
प्रतिक्रिया दिनुहोस्