प्रचण्डको अनिच्छाका कारण नेकपा एकीकरण कायम रहेन : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा भंग हुनुको कारण सर्वाेच्च अदालतको निर्णय नभई प्रचण्डका कारण भएको बताएका छन्। एकताका लागि आह्वान गरेको पत्रमा प्रधानमन्त्री ओलीले अदालतले नेकपा नाम जुधेको र एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको बताएका छन्।“प्रथम अध्यक्षको हैसियतले मैले पहल पनि दिएको हुँ। तर प्रचण्डको अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन”,विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्