प्रधानमन्त्रीको प्रस्ताव : देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिनुपर्छ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित भएको हस्ताक्षर फिर्ता हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। पार्टीभित्रका समस्या समाधान गर्न गरिएको प्रस्तावको चौथो बुँदामा लेखिएको छ, “आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अलातलमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले)का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ।”
प्रतिक्रिया दिनुहोस्